सिन्धुलीको तीनपाटन गाउँपालिका १० मा कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको वडा नं ९ मा लैजान दिने भनी घुस लिने २ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीबाट खटिई गएको टोलीले बुधबार तिनपाटन गाउँपालिका १० स्थित डकाहा चकमके जाने कच्ची सडकबाट जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सामुदायिक वन उपभोक्ता समिति तिनपाटनका कोषाध्यक्ष मीनबहादुर घोलेको साथबाट ३ लाख र जनसेवा वैज्ञानिक वन व्यवस्थापन तिनपाटनका कोषाध्यक्ष तीर्थबहादुर रानाको साथबाट ३० हजार ५ सय बरामद गरी उनीहरुलाई रकमसहित बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिबासलाई जिम्मा लगाएको छ ।
उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।






