प्रदेश २ को प्रदेशसभा सचिवालयमा कार्यरत ५ मर्यादापालकमा कोरोना भाइरस पुष्टि भएको छ ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि बुधबारबाट सुरु भएको प्रेदशसभाको चौथो अधिवेशनको बिहीबार आयोजित बैठक स्थगित भएको छ । सामाजिक विकास मन्त्रालयले ५ मर्यादापालकको स्वाबको नतिजा पोजिटिभ आएको जनाएको छ । उनीहरु सबै पुरुष हुन् ।
प्रदेशसभाको अर्को बैठक शुक्रबार १ बजे बस्नेछ ।




