मंगलबार निधन भएका पाल्पाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मृत्यु हुनुभन्दा ५ दिनअघि भारतबाट आएका पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय ती पुरुषको स्वाबको नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास जानकारी दिए ।
बिहीबारसम्म देशमा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या १० पुगेको छ ।




