बाग्लुङमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि

बुधवार बाग्लुङमा १० नयाँ संक्रमित थपिएका छन् । बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ जिल्ला, वडीगाड गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जिल्लाकै गल्कोट नगरपालिका का २०, २२ र २३ का ३ जना पुरुषमा पनि कोराना देखिएको जनाएको छ ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।