झगडा गर्दा छतबाट खसेर २ घाइते

पोखरा १३ माछापोखरीमा बुधबार आपसी झगडामा छतबाट खसेर २ जना घाइते भएका छन् ।

दिउँसो १ बजेतिर छतबाट खसेर पोखरा १३ घर भएका वर्ष ३० का विशाल नेपाली र वर्ष ३५ का विकास नेपाली घाइते भएका हुन् । उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

विकास, बिशालसहित वर्ष २१ का मनोजकुमार दास र वर्ष २३ का अर्जुन नेपालीबीच झगडा भएको थियो । प्रहरीले मनोजकुमार दास, चन्द्रबहादुर नेपाली, अर्जुन नेपाली र सन्तोष नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।