डडेल्धुराको क्वारेन्टिनमा बसेकी १ महिलाको मृत्यु भएको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिका १ को असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा रहेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिला र उनका श्रीमान् ४ दिनअघि भारतबाट आएका थिए ।
गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले महिलाको मृत्यु भएको जानकारी दिँदै चिकित्सकको टोली त्यसतर्फ जाँदै गरेको बताए।






