बचत संघ कास्कीद्धारा प्रदेश राहत कोषमा ४ लाख

जिल्ला बचत संघ कास्कीले प्रदेश विपद् व्यवस्थापन कोषमा चार लाख एक हजार पाँच रुपैया प्रदान गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई संघका अध्यक्ष भेषराज बरालले उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री गुरुङले विश्व व्यापीरुपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोगथामका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए

कोरोना भाइरसको कारण संघीयतको औचित्य पुष्टि भएको बताउँदै उहाँले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा रोकथाम तथा नियन्त्रणका काम प्रभावकारी भएको उल्लेख गरे । वर्तमान सन्दर्भमा प्रदेश र स्थानीय तह बीच अभैm समन्वयका साथ अघि बढेमा कोरोना रोकथामलाई जित्न सकिने बताउँदै मुख्यमन्त्री गुरुङले रोग र भोक सहितका यावत समस्या समाधान गर्न समन्वय र एकता अपरिहार्य भएकोमा जोड दिए ।

कार्यक्रममा संघका अध्यक्ष भेषराज बरालले संघले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै बचत संघमा दुई सय ७६ बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेको जानकारी दिए ।

चेक हस्तान्तरण कार्यक्रमा निवर्तमान अध्यक्ष सुदिप ढकाल, उपाध्यक्ष श्रीकान्त ढुंगाना, सचिव इश्वर सुवेदी, कोषाध्यक्ष शेरबहादुर कार्की, प्रचारप्रसार उपसमितिका सदस्य हरिप्रसाद बास्तोला लगायत उपस्थित थिए ।