स्याङ्जाको चापाकोटमा ४ र विरुवामा १ थपिए

मंगलबार स्याङ्जामा ५ नयाँ संक्रमित थपिएका छन् । चापाकोट नगरपालिका घर भई नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जिल्लाकै बिरुवा गाउँपालिकाका १ २० का १ जना पुरुषमा पनि कोराना देखिएको जनाएको छ ।

यसैगरी, पर्बत जिल्लाको फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ वर्षका ३ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । गण्डकीमा मंगलबारसम्म ३ हजार ९ सय ६३ जनाको पिसिआर जाँच भएकोमा ३ हजार ३ सय ६८ जनाको नतिजा नेगेटिभ आएको छ । प्रदेशमा ३७ जनामा संक्रमित पुगेका छन् भने ३ जना निको भएका छन् ।