पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार साँझ भारतबाट आएका एक व्यक्तिको मृत्यु भएको छ । उनको शव अस्पतालमै छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्कीको उपचारका क्रममा ज्यान गएको हो । उनी भारतबाट आएर २ हप्ता क्वारेन्टाइन बसेर घर गएका थिए । घर गएपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि यहाँ ल्याइएको थियो ।
यसअघि शुक्रबार जाँचिएको उनको स्वाबमा कोरोना नेगेटिभ देखिएको र मृत्यु भएपछि जाँचका लागि फेरि स्वाब लिइएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले नेपालदुतलाई बताए ।




