नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ जना संक्रमित पुगेको छ । आइतबार १ सय ६६ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ४ महिला महिला र बाँकी सबै पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले शनिबार १ जना र आइतबार १ गरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको जानकारी दिए । तनहुँमा १ र स्याङ्जाको गल्याङका २ जनामा कोरोना पुष्टि भएको छ ।
आइतबारसम्म गण्डकीका ६ जिल्लामा २३ जना संक्रमित छन् । गण्डकी प्रदेशमा २० जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
आइतबार देशभर १ लाख १९ हजार १ सय ९२ क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा १ हजार ३ सय ४९ जनाको उपचार भइरहेको छ । डिस्चार्ज हुनेको संख्या २ सय २० पुगेको छ । गण्डकीबाट ३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।




