बाजुराकी बालिकाको मृत्युको कारण कोरोना, नेपालमा ज्यान गुमाउने ८ पुगे

बाजुराको अस्पतालको आइसोलेशनमा मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

बुढिगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । सेती प्रादेशिक प्रयोगशालमा जाँचिएको उनको स्वाबबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यसको पुष्टि गरेको हो । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ । ती महिलालाई मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । बालिकाका बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

अब नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।