क्‍वारेन्टाइनमा बसेर फर्किएका वृद्धको मृत्यु

सिन्धुपाल्चोकमा क्‍वारेन्टाइनमा बसेर फर्किएपछि एक वृद्धको ज्यान गएको छ।

चौतारा साँगाचोकगढी नगरपालिका १३ का क्‍वारेन्टाइनमा १४ दिन बसेर फर्किएका ७० वर्षीय वृद्धाको शनिबार साँझ मृत्यु भएको हो । ती वृद्धको स्वाव परीक्षण लागि पठाएको छ ।

क्‍वारेन्टाइनबाट फर्किएपछि श्‍वासप्रश्वासमा कठिन भएको भन्दै उनलाई अस्पताल लैजानै गर्दा बाटैमा मृत्यु भएको छ ।