नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ६ जना पुगेका छन् । भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवामा कोरोना पुष्टि भएको हो ।
ती युवाको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । युवाको घर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ हो ।
बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबारमात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु उनको भएको घोषणा गरेको छ । ती युवाको शवलाई सन्धिखर्कको गच्चेमा गाडिएको थियो ।




