अब अनलाइनलाई पनि लोककल्याणकाकारी विज्ञापन

सरकारले आगामी आर्थिक वर्षदेखि अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार पेश गरेको बजेटमा यो विषय समेटिएको छ । प्रविधिमा आधारित सञ्चारमाध्यमलाई प्रवर्धन गर्न यसो गरिएको खतिवडाले जनाए ।