स्याङ्जामा थपिए ३ संक्रमित, गण्डकीमा १५ पुगे

स्याङ्जामा बिहीबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वालिङ घर भई सोही पालिकामा क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका २ पुरुष तथा ३९ वर्षकी १ महिला गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भएको जानकारी दिए ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।