भाइरस संक्रमणबाट बुधबार साँझ ललितपुरमा एक जनाको मृत्यु भएको छ।
ललितपुरको किस्ट अस्पतालमा बुङमतीका बासिन्दा ५७ वर्षीय पुरुषको ज्यान गएको हो। जेठ ११ गते अस्पताल भर्ना भएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए ।
उनी कलेजो रोगका बिरामी थिए । यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ। बुधबार साँझसम्म संक्रमितको संख्या भने ९ सय १ पुगेको छ। बुधबार मात्रै एकैदिन १ सय २९ जना संक्रमित थपिएका छन्।




