१८३ निको भए, ११४ थपिए


नेपालमा एकैदिन ११४ कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकैदिन यतिधेरै संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै धेरै हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ८८६ पुगेको छ । ति मध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएर घर फर्किएको मन्त्रायको तथ्याङ्गकले देखाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडीटी विधिबाट एक लाख दुई सय ८७ जनाको नमुना परीक्षण गरिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय २५ र आरडीटीबाट २ हजार ३ सय २० जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार ७० हजार तीन सय ५ जना क्वारेन्टाइन र ६ सय ९९ जना आइसोलेसनमा मा रहेका छन् ।
कोभिड १९ संक्रमितमध्ये हालसम्म ४ जनाको ज्यान गइसकेको छ । बुधवारसम्म संसारभरि कोरोनाभाइरस सङ्क्रमित हुनेको संख्या ५७ लाख नाघेको छ भने मृत्यु हुनेहरुको संख्या ३ लाख ५३ हजार बढी छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं