भारतको गुजरातबाट फर्केका २२ वर्षीय युवकको घर नपुग्दै सुर्खेतमा मृत्यु भएको छ । उनी नेपालगञ्ज नाका हुँदै सुर्खेत आइपुगेका थिए ।
गाडीमा उनलाई असजिलो महसुस भएपछि प्रदेश अस्पताल सुर्खेत लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । ती २२ बर्षका युवाको मंगलबार राती १२ बजेतिर मृत्यु भएको प्रदेशका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले बताए ।
उनको घर सुर्खेतको चिंगाड गाउँपालिका वडा नम्बर ५ हो । कोरोना भाइरसको संक्रमणको आशंकामा मृतकको स्वाब संकलन गरि प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।




