पोखरा १ मा शव फेला, पोखरा १८ मा काम गर्दागर्दै बेहोस मजदुरको मृत्यु

गएको चैत २८ गते पौडी खेल्न जाँदा बेपत्ता भएका युवाको शव सोमबार भेटिएको छ ।

पोखरा १ बगरको क्याम्पसको तल सेति नदिको खोंचमा ३ जना साथीसँग माछा मार्न गएका पोखरा १६ दीपका अमृत मगर नदीमा डुबेर बेपत्ता भएको थिए । सोमबार दिउँसो पोखरा १ र वडा नं १६को बीचमा पर्ने सेती नदीको खोँचमा मगरको शव भेटिएको हो । उनको स्थायी ठेगाना गोरखा आरुघाट भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान पौने ११ बजे पोखरा १८ सेदी स्थित निर्माणाधिन अन्नपूर्ण केबलकार नजिकै बन्दै गरेको अपार्टमेण्टमा काम गर्ने कञ्चनपुर पुनर्बास नगरपालिका २ का अन्दाजी वर्ष ४५ का पदम लामा काम गर्ने क्रममा अचानक बेहोस भए । बेहोस भएका लामाको मृत्यु भएको जानकारी पाएपछि प्रहरी पुगी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।