भरतपुर अस्पतालको आइसाेलेसनमा एक पुरुषकाे मृत्यु

भरतपुर अस्पतालको आइसाेलेसन कक्षमा एक पुरुषकाे ज्यान गएकाे छ । रामग्राम ७ नवलपरासीका ४८ बर्षिय पुरुषको आज बिहान ३ बजे मृत्यु भएकाे अस्पताल श्राेतले जानकारी दिएकाे छ ।

श्राेतका अनुसार उक्त पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर रेफर गरेकाे बुझिन्छ । राती साढे १२ बजे अस्पताल आएका पुरुषलाई आइसाेलेसन कक्षमा राखेर उपचार गराईएकाे थियाे । निमाेनियाबाट ग्रसित पुरुषमा काेराेनाकाे आशंका गरिएकाे छ । २ दिन पहिले खाना खाएपछि बान्ता भएकाे र लगतै सास फेर्न गार्हाे भएपछि बिरामी लुम्बिनी अस्पताल पुगेका थिए ।उनकाे लुम्बिनीमा स्वाव परिक्षण हुँदैछ ।

यता, भरतपुर अस्पतालले पनि स्वाव परिक्षणका लागि पठाउने तयारी गरेकाे छ ।