पोखरा २८ बित्यानीमा पहिरोले घर भत्कियो

पोखरा महानगरपालिका २८ बित्यानीमा पहिरो जाँदा घर भत्किएको छ ।

शुक्रबार दिउँसोदेखि परेको अविरल पानीले शनिबार राति आएको पहिरोले बित्यानीमा घर भत्काएको हो । ढुंगा, माटाले बनेको त्यो घरमा बिर्खबहादुर गुरुङको परिवार बस्थ्यो ।

शनिबार मध्यराति आउको पहिरोबाट भूर्ण रुपमा क्षतिग्रस्त भएको पोखरा २८ का वडाध्यक्ष निर्मल दियालीले बताए । घटनामा मानवीय क्षति भने भएन ।

पोखरा ३१ र २८ जोड्ने खोलाबेसी बित्यानी सौर्य कनेक्टिङ्ग सडक अन्तर्गतको बित्यानीमा बाटो माथिबाट पहिरो खसेको हो । पहिरोले घरमा रहेका फर्निचर, लत्ताकपडा, भाँडाकुडा र खाध्यन्न पुरेको छ । घटनापछि वडाका जनप्रतिनिधि, स्थानीय र इलाका प्रहरी कार्यलय हंसपुरको टोलीले शनिबार बिहानै घटनास्थलमा पुगेर पुरिएका काम लाग्न सक्ने समान निकालेको छ ।

वडाध्यक्ष दियालीले पीडित परिवारलाई अहिले गाऊँमा रहेका खाली घरमा बसोबासको व्यवस्था गर्न पहल थालिएको जानकारी दिए । उनले क्षतिको मूल्यांकन गरी वडा कार्यालय र सरकारी तवरबाट राहत दिलाउन पनि पहल गरिने उल्लेख गरे ।