जेठ १० गते २०७७

ताजा समाचार

जेठ १० गते २०७७

महासंकटमा डिभाइन क्लबको साथ : राहत र रक्तदान



कोरोना भाइरस संक्रमण फैलिन नदिन देशभर लागु भएको लकडाउनबीच डिभाइन युथ क्लब नेपाल कास्की र श्यामाश्याम सत्संग पोखरा, न्युरोड शाखाको संयुक्त आयोजनामा शनिबार खुला रक्तदान आयोजना गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्कीको प्रविधिक सहयोगमा भएको कार्यक्रममा ३१ जनाले रगत दान गरेका थिए । पोखरा महानगरपालीका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले रकतदातालाई ब्लड ब्याग हस्तान्नतरण गरी रक्तदान सुरु गरेका थिए ।

वडाअध्यक्ष बरालले निरन्तर सामाजिक सेवामा अग्रसर क्लबले महासंकटमा गरेको कार्यबाट अरुले पनि पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डोलराज पाण्डे र रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानको महत्वमाथि प्रकाश पारे ।

स्वामी श्री हरिदासजीबाट गठित डिभाइन युथ क्लब नेपालले लकडाउन अवधिमा देशका विभिन्न स्थानमा रक्तदान लगायत लकडाउन प्रभावीतलाइ राहात वितरण गरिरहेको क्लबको क्षेत्रीय कार्यालय पोखरा अध्यक्ष रुद्रलाल कुँवरले जानकारी दिए । उनले यसअघि श्यामाश्याम सत्संग पोखराको सहकार्यमा क्लबले श्रमिक र आर्थिक अवस्था कमजोर भएकालाई राहत वितरण गर्न वडा न १५ का वडाअध्यक्ष प्रकाश पौडेललाई ५१ हजार र वडा नं ८ लाइ खाद्यान्न र आवश्यकीय वस्तु उपलब्ध गराइएको उल्लेख गरे ।