जेठ ८ गते २०७७

ताजा समाचार

जेठ ८ गते २०७७

कतारमा १ नेपालीलाई गोली हानी मृत्युदण्ड



कतारमा पहिलो पटक नेपालीलाई मृत्युदण्ड दिइएको छ । महोत्तरीको औराही १ का अनिल चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल नुयमीको हत्या गरेको ठहर गर्दै गोली हानी मृत्युदण्ड दिइएको हो ।

चौधरीलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो । सजाय कार्यान्वयन गर्नु एकदिन अघि कतारले नेपाली दूतावासलाई यसबारे जानकारी दिइएको थियो ।

चौधरीले अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरेको जनाइएको छ । चौधरी हत्या अभियोगमा अप्रिल २०१७ मा पक्राउ परेका थिए ।

स्थानीय अस्पतालमा राखिएको चौधरीको शवलाई नेपाल पठाउन कतारी प्रशासनले अनुमति दिइसकेको छ । २०१५ मा कतार गएका उनी कार धुने कम्पनीका सामान्य मजदुर थिए ।