कास्कीमा ५ जनाको आरडिटी रियक्टिभ, पिसिआर रिपोर्ट ४ बजे आउने

पोखरा महानगरपालिकामा ५ जनाको आरडिटी रियाक्टिभ अएको छ ।

मंगलबार जाँच गरिएका महानगरका ४ सफाइ कर्मचारी र १ स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्दा कोरोना रियाक्टिभ देखिएको हो । महानगरपालिकामा कार्यरत ५७ जना सफाइ कर्मचारी र स्वास्थ्यकर्मीको जाँच गरिएको थियो ।

आरडिटी रियाक्टिभ आएकाहरुको मंगलबार नै स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा जाँचका लागि पठाइएको छ । स्वास्थ्य निदेशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी परीक्षणको नतिजा बुधबार दिउँसो ४ बजेसम्म आइसक्ने जानकारी दिए ।

कोरोना रियक्टिभ देखिएकामध्ये १ जनालाई मंगलबारै गण्डकी अस्पतालमा भर्ना गरिसकिएको छ । १ जना महानगरको क्वारेन्टाइनमा र ३ जना होम क्वारेन्टाइनमा छन् ।