रोल्पा अस्पतालको आइसोलेसनमा उपचाररत १ युवकको मृत्यु भएको छ । ती युवकमा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन नमूना संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको रोल्पा अस्पतालले जनाएको छ ।
आइसोलेसनमा रोल्पा नगरपालिका–१ का २२ वर्षीय पुरुषको ज्यान गएको हो । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । ती युवकले मृगौला फेल भएपछि डाइलाइसिससमेत गराउँदै आएको जनाइएको छ ।




