जेठ ३ गते २०७७

ताजा समाचार

जेठ ३ गते २०७७

पोखरामा साथीको हत्या गरी बारीमा पुर्ने पक्राउ



पोखरा महानगरपालिका १४ समिनतारा बस्ने विमल रानाभाटलाई हत्या गरी बारीमा गाड्ने ज्ञानबहादुर परियारसहित ४ जनालाई प्रहरीले पक्रेको छ ।

१ महिनाअघि हत्या गरी बारीमा गाडेको अभियोगमा वर्ष २१ का परियारलाई पक्राउ गरिएको हो । उनले बिमल रानाभाटलाई घनले हानी हत्या गरी आफ्नै घर पछाडीको बारीको डिलमा गाडेको स्वीकारेका छन् ।

शनिबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीको कमाण्डमा गएको प्रहरी टोलीले सडेको शव फेला परेको छ । प्रहरीले पोखरा १४ समिनताराकै वर्ष १८ का सञ्जय दर्जी, वर्ष १८ का कुमार परियार, बाग्लुङको साबिक गल्कोट घर भई हाल समिनतारा बस्ने वर्ष १९ का सागर परियारलाई पक्रेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।