नेपालमा १ कोरोना संक्रमितको ज्यान गयो

कोरोना संक्रमण आशंका गरिएकी महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको छ

धुलिखेल अस्पताल मृत्यु भएकी उनको स्वाब जाँच गर्दा कोरोना पोजेटिभ आएको छ । बिहीबार साँझ सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई अस्पताल ल्याइएको थियो । उनको थप एकीन गर्न स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

ती २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्करीको मृत्युको कारणका विषयमा अध्ययन गरिरहेको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियिमत कोरोना ब्रिफिङका क्रममा मृत्युका विषयमा मन्त्रालयले आवश्यक परीक्षण गरिरहेको जानकारी दिए ।

उनको कोरोना परीक्षणका लागि स्वाब संकलनको काम भइसकेको र परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिए।

अपडेट ४ : ५८