५८ परिवारलाई बटरफ्लाईको राहत

बटरफ्लाई फाउन्डेसन नेपालले शुक्रबार ५८ परिवारलार्इ राहात वितरण गरेको छ । आर्थिक अभावमा जीविकोपार्जनमै समस्या भएका परिवार चयन गरी राहत वितरण गरिएको हो ।

पोखरा ६ का अध्यक्ष एवम् वटरफ्लाई फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष जगत पहारी, प्रतिष्ठानका अध्यक्ष गोबिन्दराज पहारी लगायतले उनीहरुलाई राहत वितरण गरे । वडाध्यक्ष पहारीले यस विषम परिस्थितिमा विभिन्न संघ संस्थाले चुलो निभेका परिवारलार्इ सहयोग गर्नु प्रशंसनीय भएको बताए ।

फाउन्डेसनका अध्यक्ष पहारीले विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीले संसारकै अर्थतन्त्र तहसनहस भएको अवस्थामा सहयोगी हात बढाउने प्रयत्न गरेको बताए । फाउडेसनले हरेक परिवारलाई २५ केजी चामल, ५ केजी आलु, २ केजी दाल, एक लिटर तेल, साबुन र मेडिकल मास्क वितरण गरिएको छ ।

कार्यक्रममा फाउन्डेसनका सचिव गणेशराज पहारी, सदस्य दीपक श्रेष्ठ, जनप्रतिनिधिहरु, पुष्प घले पहारी, हरि पहारी र राममाया विक पनि उपस्थित थिए । बटरफ्लाइ फाउन्डेसनले विगत २ दशकदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ।