बागलुङमा कोरोना संक्रमणको आशंकामा धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएकी वृद्धाको पिसिआर नेगेटिभ आएको छ ।
उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए । गलकोट नगरपालिका ६ चरौदीकी ६५ बर्षिया महिलालाई कोरोनाको शंकास्पद लक्षण देखिएपछि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।
उच्च ज्वरो र खोकी लागेपछि उपचारको लागि अस्पताल पुगेकी वृद्धालाई मुटुको समेत समस्या रहेको र कोरोनाको आशंका लागेर स्वाब संकलन गरि आइसोलेसनमा राखिएको थियो। उनको उपचार धौलागिरी अस्पतालमा हुँदै छ ।
गलकोटमा आज ५५ जनाको स्वाव संकलन
गलकोटमा आज पसिआर परिक्षणको लागी ५५ जनाको स्वाव संकलन गरिएको छ । गलकोट नगरपालिकाबाट पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमणको पुष्टि भयपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परिक्षण गर्नको लागी आज गलकोटमा स्वाव संकलन गरिएको हो ।
बैशाख ११ गते गलकोटबाट फर्केका मजदुरहरुको सम्पर्कमा रहेका गलकोटबासी, जनप्रतिनिधी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा कर्मचारीहरुको प्रतिनिधीमुलक रुपमा कोरोनाको पिसिआर परिक्षण गर्नको लागी आज स्वाव संकलन गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।
गैरेका अनुसार गलकोटमा कबिर १ सय २० जनाको स्वाव संकलन गरिने छ आज ५५ जनाको स्वाव संकलन भयो । शनिबार गलकोट नगरपालिका वडानमबर ६ र ७ तथा ९ का स्थानियको बिहान ८ बजेबाट स्वाव संकलन गरिने छ ।
स्वाव दिएपछी ५५ जनालाई होम क्वारेन्टाईन राखिएको गलकोट नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।




