नेपालदूत , पोखरा
जेठ २ गते २०७७
स्याङ्जाको पुतलीबजार नगरपालिका ११ बेलबासका एक युवा शुक्रबार मृत फेला परेका छन् ।
पुतलीबजारकै वडा नं १३ झापाकोटको दरौखोला किनारमा वर्ष ३३ का ईश्वर जिजी मृत फेला परेका हुन् । स्थानीयले बिहान ८ बजे शव फेला परेको जानकारी दिएपछि सुरक्षाकर्मीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।