बागलुङको क्वारेन्टाइनका सबैको रिपोर्ट नेगेटिभ

बागलुङको रामरेखा र काँठेखोला गाउँपालिकाका क्वारेन्टाइनमा रहेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टाइनमा रहेका सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा बिहीबार सबैको रिपोर्ट नेगेटीभ आएको हो । बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८ जना, काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ५ जना र नेपाल आर्मिका एक जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । बागलुङको गलकोटबाट पर्सामा मजदुर छोड्न गएका बागलुङका चालकको पनि रिपोर्ट नेगेटिभ आएको छ ।

मजदुर छोड्न गएका बसका चालक सहचालकसहित १४ जनाको रिपार्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । गलकोटबाट गएका १४ मजदुरमा १७ दिनपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना आशंकामा धौलागिरी अञ्चल अस्पतालमा आइसोलेसन वार्डमा भर्ना गरिएकी गलकोट नगरपालिका ६ की बृद्धाको रिपोर्ट भने आउन बाँकी छ । उनको रिपोर्ट शुक्रबार आउने बताइएको छ ।