त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा उपचाररत ६ वर्षकी बालिकाका कोरोना संक्रमण देखिएको छ । बिहीबार बिहान कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना पुष्टि भएको हो ।
उनको शल्यक्रियाअघि गरिएको पिसिआर जाँचमा कोरोना पोजेटिभ देखिएको हो ।
बालिकामा कोरोना पोजिटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित छन् ।
थप विवरण आउन बाँकी छ ।




