कपिलवस्तुमा तीन सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ।
उनीहरु नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असई रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ। संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य छ।
बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो। अब कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ३९ पुगेको छ।




