नेपालमा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएको हो ।
संक्रमितमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । अब नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । आज बिहानमात्रै २ जनामा संक्रमण पुष्टि भएको थियो ।




