काठमाडौंमा बढ्यो जोखिम, अस्पताल नै सिल

बुधबार पुल्चोकस्थित निदान अस्पताल र आरोग्य फाउन्डेसनमा सिल गरिएको छ। एकै परिसरमा रहेका दुई संस्था बिहानबाट सिल गरिएको हो।

१ कर्मचारीमा कोरोना भइरसको संक्रमण देखिएको भन्दै अस्पताल र फाउन्डेसन सिल गरिएको हो। प्रहरीले दुईवटै संस्थामा बाहिरबाट कसैलाई पनि जान दिएको छैन। भवनभित्र रहेकालाई पनि बाहिर निस्कन दिइएको छैन ।