गरिबीभन्दा ठूलो रोग, संसारमा अरु छैन
खान पाउनुभन्दा ठूलो खुसी, यहाँ कुनै हुँदैन
सहयोगमा भन्दा ठूलो धर्म अरु केहीमा मिल्दैन
बिश्व नै आक्रमणमा भएको बेला नेपाल पनि के अछुतो रहन्थ्यो र । हुनेखानेलाई त खासै के भो र तर यसले सबै भन्दा बढी ती ब्यक्तीलाई असर पुर्याएको छ, जो घाम न उदाउँदै उठेर अबेर साझसम्म अरुकोमा ज्याला मजदुरी गरेर दुई छाक जुटाई परिवार पाल्थे। हाम्रो जस्तो देशमा, जति मानिस कोरोनाको कहरले त्रसित छन् । त्यो भन्दा बढी भोक र गरिबीले बिचलित छन् । त्यति नै दैनिक ज्यालामजदुरी गरेर घर धान्ने श्रमिकहरु पचासौ दिनसम्म बिना काम र दाम कसरी गुजारा चलाएका होलान ?
एक छाक खान नपाउँदा त हामी आतिन्छौ । उनीहरुले यत्रो दिन कसरी धानेका होलान ? ती लालाबालालाई के गरी भुलाएका होलान् । कल्पना गर्दा पनि मन चसक्क हुन्छ। यतिखेर गरिबी के हो, बाध्यता के हो अनि आखिरमै पीडा के हो ? ती आमाहरुलाई सोध्नुपर्छ, जो आफ्ना सन्तानलार्इ एक छाक खुवाउन नसकेर लज्जित बनेका छन् । भित्रभित्रै दुखले गलेका र थलेका छन्।
आज न त सरकार त्यस्ता श्रमिकहरु कहाँ पुग्न सकेका छन्, न त श्रमिकहरु आफै सरकारकहाँ । श्रम, परिश्रम र सङ्घर्ष गरेर दुइ छाक रोटी जुटाउने यस्तो अबस्थामा देख्दा, कस्को आँखा नरसाउला र ? न त उनीहरुसग काम छ, न त उनीहरुसँग दाम नै । न त खानका लागि माम छ, मात्रै छ त मर्नु र बाच्नुको बाध्यता ।
मानवीय नातासमेत नदेखाउने साहु र सरकार, आँखामा पट्टी, कानमा तेल हालेर बसेका छन्। मजदुरको पसिनाले पैसा कमाउने साहुहरु आज हराएका छन् ।
कति ठाउमा हातमा पैसा भएर नि हेलित भएर किनेर खान सकेको छैनन् । नाङ्गा खुट्टा, भाको पेट, सडकमा बाँस बस्दै कयौं दिन लगाएर आफ्नो जन्मथलो फर्किन बाध्य भएको छन् श्रमिकहरु। मानवीय नातासमेत नदेखाउने साहु र सरकार, आँखामा पट्टी, कानमा तेल हालेर बसेका छन्। मजदुरको पसिनाले पैसा कमाउने साहुहरु आज हराएका छन् । श्रमिकहरु धुलोमा खेलेर होस् या आफ्नो पसिना चुहाएर होस्, साहुलाई उनीहरूको घर बनाउन सहयोग गरे, तर आज दुखको घडीमा विपतको बेला साथ दिने न त साहु भए, न त सरकार नै ।
श्रमिकहरुलाई आज कोरोनाको भन्दा पनि भोकमरीको ठूलो डर छ । रोगसङ्ग जुधेर भए पनि दुई छाक खान पाउ भन्ने उनीहरूको आशा छ। एउटै मात्र बिकल्प छ, कि त सरकारले राहत पुर्याउन सक्नु पर्छ कि त उनीहरुलाई अडिन सक्ने बाताबरण मिलाउनु पर्छ। कोरोनाले लाखौको ज्यान गएको छ भने, भोकमरीले एक दिन सिङ्गो मुलुक नसक्ला भन्न सकिन्न।




