नेपालमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा १३ जना कोरोनाका नयाँ बिरामी फेला परेका हुन् ।
कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना थपिएपछि नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभुमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष, रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र बर्दियाको राजापुर ५ का ११ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।






