भारतले लिपुलेकमा नेपाली भूभागमा सडक निर्माण गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिरकारीले पोखरामा मसाल जुलुस निकालेको छ ।
क्रान्तिकारीले सोमबार साँझ पोखरा ५ मालेपाटन ५ खेलमैदान मसाल जुलुस निकालेको हो । विप्लव नेतृत्वको नेकपा र यसका भातृसंगठनका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएको छ ।






