सोमबार बिहान पोखरा १३ आर्वामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १३ आर्वाका ६१ का गजेन्द्रबहादुर बराल सोमाबार बिहान साढे ८ बजे घरनजिकै दवाङ खोला भन्ने स्थानमा पाख्रीको रुखबाट खसेका थिए । उनलाई उपचारका लागि पश्चिम क्षेत्रिय अस्पताल ल्याइकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।






