वैशाख २९ गते २०७७

ताजा समाचार

वैशाख २९ गते २०७७

स्वदेश फर्काउन माग गर्दै बंगलादेशमा नेपाली विद्यार्थीको ‘डिजिटल रिले अनशन’



बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशिघ्र स्वदेश फर्काउन माग गर्दै ‘डिजिटल रिले अनशन’ सुरु गरेका छन् !

ढेड महिनादेखि आफूहरुको अवस्था खतरातर्फ धकेलिएको भन्दै उनीहरुले नेपाल सरकारलाई उद्दार गर्न माग गर्दै आएका छन्। आफैले खर्च व्यहोर्ने , सरकारले तोकेको ठाउमा क्वारानटाइनमा बस्न मन्जुर भइ यस्तो बिपत अवस्थामा आफुहरु अधिकांश चिकित्षा शास्त्रका बिधार्थी भएकाले आफ्नो सिप र ज्ञानले देश र जनताको सेवामा होमिन तयार रहेको भन्दै आए पनि पनि सरकारले उनीहरुलाई स्वदेश ल्याउन सकेको छैन।

आफैले खर्च व्यहोर्ने , सरकारले तोकेको ठाउमा क्वारानटाइन मा बस्न मन्जुर भइ यस्तो बिपत अवस्थामा आफुहरु अधिकांश चिकित्षा शास्त्रका बिधार्थी भएकाले आफ्नो सिप र ज्ञानले देश र जनताको सेवामा होमिन तयार रहेको भन्दै आए पनि पनि सरकारले उनीहरुलाई स्वदेश ल्याउन सकेको छैन।

बंगलादेशमा अध्ययनरत विद्यार्थीको हकहित र अधिकारका बारेमा निरन्तर आवाज उठाउँदै आएका बिधार्थी एवं युवा अभियन्ता नविन यादवका अनुसार गत शुक्रबारदेखि २४ सैं घण्टा सरकारलाई दबाब दिने उद्देश्यअनुरुप ”डिजिटल रिले अनशन” जारी राखिएको छ।

बंगलादेशमा रहेर चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले सरकारलाई तत्काल उद्दार गर्न र आफूहरुको रिले अनसनलाई गम्भीरतापूर्वक लिन अनुरोध गरेका छन्। दिनादिनु कोरोनाको संक्रमण तिब्र गतिमा बढ्दै गए पनि लक् डाउन खुल्दै गएपछि, मानिसहरुको जमघट बढ्न थालेको छ , बजार, पसल आदि खुल्न थालेको छ ,यसले बंगलादेश चाडै नै हाइ अलर्ट मा परिवर्तन हुने देखिन्छ ! मेको अन्तिमसम्म बंगलादेशमा ५० हजार देखि १ लाख सम्म कोरोन सक्रमित संख्या पुग्न सक्ने अनुमान गरिएको छ।

यस्तो बेलामा त्यहाँ रहेका करिब ८०० जना नेपाली बिधार्थिहरु त्रशित एवं अन्यौलमा छन् ।त्यहाँ रहेका नेपाली राजदुतावासबाट पनि झुठा आश्वाशनबाहेक केहि पहल नभएको भन्दै बिधार्थि आक्रोशित भएका छन् ।