फेवातालमा भेटियो शव

आइतबार फेवातालमा १ पुरुषको शव फेला परेको छ । बिहान १० बजे पोखरा महानगरपालिका ६ लेकसाइडको हल्लनचोकमा ४० वर्षीय राजु बास्तोलाको शव फेवा परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

बास्तोलाको ठेगाना पोखरा १८ सराङकोट भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।