नेपालदूत , पोखरा
वैशाख २८ गते २०७७
आइतबार बिहान पौने ९ बजे स्याङजा, वालिङ नगरपालिका ७ फिस्लेकी सुवित्रा सिंजाली घरमै परेको चट्याङबाट घाइते भइन् ।
करिब ६५ वर्षकी सुमित्रा चट्याङ लागेपछि बेहोस भइन् । उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा थप उपचारको लागि मणिपाल अस्पताल पोखरा ल्याएको प्रहरीले जनाएको छ ।