प्रमुख डिभिजन वन अधिकृत १ लाखसहित पक्राउ

अख्तियारले डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई सेवाग्राहीसँग १ लाख रकम लिँदालिँदै पक्राउ गरेको छ ।

खानीसम्बन्धी कामका लागी बिभिन्न बहाना गरी काममा अवरोध सृजना गर्दै उनले घुुस मागेको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले उनलाई बिदुर नगरपालिका वडा नं। २, नुवाकोट स्थित डिभिजन वन कार्यालयको कम्पाउण्डभित्र रहेको उनकै निवासबाट शनिबार प्रक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।