सञ्चारकर्मी तथा गीतकार सुष्मा देवकोटाको नयाँ गीत सार्वजनिक भएको छ । देवकोटाको देशभक्ती भावको गीत मुग्लानी छातीमा देश दुख्छ गायक तथा संगीतकार राज सागरको संगीत र स्वरमा यूएस खबर नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
उद्धव सिलवाल प्रोडक्सनले बजारमा ल्याएको यस गीतमा देशको बर्तमान अवस्थालाई प्रस्तुत गरिएको छ । मुग्लानमा रहेका लाखौं नेपालीको पीडा, राजनितीक कालखण्ड, गरिवी, बिभिन्न प्रकृतिक बिपत्ती, हत्या हिंसा बलत्कार लगायतका बिभिन्न बिबिध बिषयलाई उठान गरिएको यस गीतको संगीत संंयोजन संजीव बराईलीले गरेका हुन् ।
करिव एक दशकदेखी संचारकर्ममा रहेकी गीतकार सुष्मा देवकाटाका अनुसार यो गीत एउटा पत्रकारका नजरमा देशको बर्तमान अवस्थामाथीको चित्रण हो । उनका अनुसार श्रृखंलाबद्ध अप्रिय घटनाहरु, यहाँका दुर्गम र सिमानामा रहेका नेपालीहरुले भोग्नु परेका सास्ती, प्रवासी नेपालीको पिडा जस्ता नमिठा भोगाईहरुलाई आफैंले दिनहुँ समाचार बनाउनु पर्दा दुखेको मनबाट जन्मिएको गीत हो ुमुग्लानी छातीमा देश दुख्छु गीत । त्यसैले पनि गीतमा समाचार अखबार जस्ता शब्दहरुको प्रयोग भएको छ ।
साहित्य निकट रहेर कथा कविता लेख्दै आएकी देवकोटाका यस अघि चोखो माया ९एल्वम०, तराना एल्वम, रंगीयो तिजले एल्वम, माई लभ चलचित्र लगायतमा उनका गीतहरु समाविष्ट छन् भने खोजिरहेछु, भेलबेटको चोली, पिरती लाएको बर्ष लगायतका गीतहरु सार्वजनिक छन् । लामो समय देखी गायक तथा संगीतकार राज सागरसंग सहकार्य गर्दै आएकी देवकोटा र राज सागरको यो गीत आठौं गीत हो ।
राज सागर पछिल्लो दशकका लोकप्रिय युवा गजल गायक हुन् । बिशेषत साहित्यकर्ममा रहेकाहरुसंग सहकार्य गर्दै आएका राज सागरद्वारा संगीत र स्वरबद्ध गीतहरुमा भावुकता प्रसस्त भेटिने गर्दछ । भाईरल भन्दा कालजयी गीतहरु नेपाली संगीत क्षेत्रमा निर्माण हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढिरहेका उनि नेपाली तारा सिजन २ मा चौंथो स्थानमा बिजयी गायक हुन्, जो निरन्तर संगीतकर्मका छन् ।




