थप ७ जनामा कोभिड १९ पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

नेपालमा शनिबार उदयपुर, पर्सा र कपिलवस्तुका थप सात जनामा कोरोना भाइरस ९कोभिड–१९० पुष्टि भएको छ ।

उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।