जिल्ला समन्वय समिति कास्कीले जिल्लाको अन्नपूर्ण गाउँपालिकामा बन्दाबन्दीका क्रममा भई रहेका समस्या एवम् विकास निर्माणका कामको स्थलगत अनुगमन गरेको छ । गाउँपालिकामा केही विकास निर्माणका काम भने भएका छन् ।
बन्दाबन्दीका क्रममा गाउँपालिकाले विकास निर्माण लगायतका कार्यका लागि तीन करोड ५० लाख रुपैया निकासा गरि सकिएको अध्यक्ष युवराज कुवरले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले पालिकाले राहत वितरण भन्दा पनि विपन्न एवम् मजदूर वर्गलाई काममा लगाएर जीविकोपार्जनमा सहयोग गर्दै आएको सुनाए ।
बन्दाबन्दीका कारण पनि सामाजिक दुरी कायम गरि समस्यामा परेकालाई विकास निर्माण, चौतारा, पोखरी संरक्षण एवम् सडक सरसफाई जस्ता कृयाकलापमा लगाएर साँझ ज्यादा मुक्तिानी गर्ने गरेको उनको भनाइ छ ।
समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीको नेतृत्वमा गएको टोलीले गाउँपालिका भित्र बन्दाबन्दीको समयमा भर्ई रहेको कठिनाईका साथै सञ्चालित विकास निर्माणका कार्यक्रम अनुगमन गरेको हो । अनुगमनका क्रममा गाउँपालिकाको कार्यालय लगायत वडा नं. १, २, ३, ५ र ६ वडा कार्यालयमा पुगी त्यहा भई रहेका काम कारवाही बन्दाबन्दीको असर तथा कोरोना भाईरस रोकथामका प्रयासबारे जानकारी लिइएको थियो ।
सो क्रममा सम्वन्धित वडा अध्यक्षहरुले बन्दाबन्दीका कारण कर्मचारीको अभावमा अधिकांश काम कारवाही प्रभावित भएको बताउँदै वडामा विदेशबाट फर्केका एवम् बैदेशीक रोजगारमा रहेका व्यक्तिहरुको समेत तथ्याङ्क संकलन गरिएको जानकारी दिनुभयो । यसै बीचमा शिक्षा तथा स्वास्थ्य, कृषि लगाएतका क्षेत्रको वडामार्पmत हुने काम कारवाही भने सुचारु भएको वडा अध्यक्षहरुले जानकारी दिए । यस बीचमा वडा भित्रका बालबालिकाका लागि दादुरा र रुवेलाको खोप लगाइएको छ ।
बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न तथा मजदूर वर्गका लागि राहत वितरण गर्न खाद्यान्न संकलन गरि सकिएपनि हालसम्म राहत वितरण भने नभएको वडा नं. ६ का वडाअध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए । राहत वितरणका लागि १७१ जना विपन्न मजदूरहरुको नामावली संकलन गरि गाउँपालिकामा पठाउनुका साथै रु ४८ हजार मूल्य बराबरको १२ मुरी कोदो समेत खरिद गरि भण्डारण गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जिवनाथ पौडेलले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि बन्दाबन्दीका कारण कृषकहरुलाई सामाजिक दुरी कायम गर्न, विदेशबाट आएकालाई होम कोरेन्टाइनमा बस्न एवम् नयाँपुलस्थित बजारमा चुना छर्ने काम सम्पन्न गरेको बताए ।
जिल्ला समनवय समितिका प्रमुख बैनबहादुर क्षेत्रीयले बन्दाबन्दीका कारण अधिकांस सेवामुलक कार्यालयबाट सेवा प्रभाव हुन नसकेको पाइएको उल्लेख गरे । सेवामूलक कार्यालयहरुलाई सुचारु गर्दै नियमित काम कारवाही सञ्चालन गर्नुपर्नेमा जोड दिंदै उनले भने, “जनतालाई अप्ठेरो परेको छ यस्ता अवस्थामा स्थानीय स्तरबाट दिने कुनै पनि सेवा रोकिनु हुँदैन ।”
जिल्ला समन्वय अधिकारी नवराज बरालले बन्दाबन्दीले समस्या निम्त्याए पनि जनतालाई दिइने सेवा प्रवाहलाई प्राथमिकताका साथ जोड दिनुपर्ने आवश्यकता औंल्याए ।




