अब सेनिटाइजेसन टनेल बनाउँदैनौं : पिन गण्डकी

पिन गण्डकीले अब सेनिटाइजेसन टनेल बनाउन रोक्ने भएको छ । कोरोना संक्रमण रोक्न लकडाउनका बेला पनि भीडभाड हुने स्थानहरुमा पिनले सेनिटाइजेसन टनेल बनाउँदै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सेनिटाइजेसन टनेलले कोरोना संक्रमण रोक्न नसक्ने र मानिसको शरीरमा केमिकल स्प्रे हानिकारक हुने जनाएपछि अहिलेलाई सेनिटाइजेसन टनेल बनाउन पिन गण्डकी सचिव सुरेश तिमिल्सिनाले जनाए ।

महामारीका बेला सकारात्मक सोचका साथ पहलकदमी लिएको उल्लेख गर्दै पिन गण्डकी सचिव तिमिल्सिनाले पिन आवद्ध इन्जिनियरहरुले सकारात्मक सोचका साथ गण्डकी प्रदेशमा निशुल्क रुपमा बिभिन्न कार्य गर्दै आएको जनाए । उनले स्वाब कलेक्सन बुथ, खुट्टाले चलाउने हात धुने मेसिन निर्माण, रक्तदान जस्ता कार्यक्रम गरिरहेको जनाएका छन् ।

मेडिकल काउन्सिल, गण्डकी हस्पिटल, बेनी अस्पताल र पोखरा महानगरको स्वास्थ्य प्राबिधिकहरुको सुझाब, सल्लाहको आधारमा नै केमिकल प्रयोग गरिएको जनाउँदै विज्ञप्तिमा नेपाल सरकार स्वास्थ मन्त्रालयले यसको प्रयोग नगर्न दिएको निर्देशनलाई स्वाभाबिक रुपमा ग्रहण गरेको उल्लेख छ ।

स्वास्थ मन्त्रालय र स्वास्थ्य विज्ञहरुले उपयुक्त्त रसायन सिफारिस गरेको खण्डमा निशुल्क रुपमा त्यस्ता उपकरण बनाउन तयार नै रहने तिमिल्सिनाले फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

file pix