नेपालगञ्जमा फेरि थप ६ जनामा कोरोना

आइतबार बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

आइतबार नै नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको थियो । आइतबारमात्र नेपालगञ्जमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।