एकै दिन थपिए १० संक्रमित, संक्रमितको संख्या ६९ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार आइतबारमात्रै १० जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ ।