पिन गण्डकीको रक्तदानमा ९३ युनिट रगत संकलन

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) गण्डकी प्रदेशको शनिबार भएको आकस्मिक रक्तदानमा ९३ युनिट रगत संकलन भएको छ ।

नेकपा कास्की अध्यक्ष एवं गण्डकी प्रदेश सांसद कृष्ण थापाले पहिलो रक्तदाता ई अस्मिता तिवारीलाई ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान सुरुआत गरे ।

कार्यक्रममा पिन केन्द्रीय सदस्य ई टेकबहादुर कटुवाल, नेइए गण्डकी प्रदेश अध्यक्ष बाबुराम भण्डारी लगायत सहभागी थिए । लकडाउनको समयमा पूर्वनिर्धारित रक्तदानका कार्यक्रम नहुने भएपछि क्षेत्रीय रक्त सञ्चार केन्द्र रामघाट पोखराको विशेष अनुरोधमा आफूहरुले रक्तदान कार्यक्रम आयोजना गरेको संयोजक ई सुदिप कोइरालाले जानकारी दिए ।

पिनका कार्यवाहक अध्यक्ष ई महेन्द्र गोदारको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव ई सुरेश तिमिल्सिनाले गरेका थिए ।